जुनियर एसपीको भरमा अपराध महाशाखा


७ फाल्गुन २०७५, मंगलवार
ss raathaur

काठमाडौ, ७ फागुन । नेपाल प्रहरीमा महानगरीय अपराध महाशाखा महत्वपूर्ण निकाय हो । राजधानी काठमाडौं उपत्यकाको अपराध नियन्त्रणका लागि स्थापित निकायमा जुनियर एसपी प्रमुख छन् ।

ss raathaur

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह १ महिने तालिमका लागि अमेरिकामा छन् । उनी तालिममा गएपछि सिनियर एसपी नरेन्द्र उपे्रतीले एसएसपी बढुवा नभएपछि राजीनामा दिइसकेका छन् ।

महाशाखाको कमाण्ड अति जुनियर एसपी सोमेन्द्रसिंह राठौरले गर्दैआएका छन् । उप्रेतीको राजीनामापछि प्रहरी प्रधान कार्यालयले सिनियर एसपीलाई खटाउनुपर्ने हो । तर खटाएको छैन ।

अपराध महाशाखा जस्तो संवेदनशील कार्यालय कनिष्ट र विवादित एसपीको कमाण्डमा हुँदा पनि आइजीपी सर्वेन्द्र खनालले चासो दिएका छैनन् ।

एसपी राठौर हुन्डीदेखि सुनमा समेत नाम जोडिएका पात्र हुन् । उनका घुमुवा असई कपिल शाही २०७५ फागुन १ गते मापसे गरी होटेल सञ्चालकलाई पेस्तोल ताकेको आरोपमा पक्राउ परेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले एक प्रहरीलाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यारत असई कपिल शाहीलाई पक्राउ गरेको हो । बानेश्वरमा रहेको डिलक्स रेष्टुरेन्टमा साथीभाइसँग पुगेका शाहीलाई मापसे गरी पेस्तोल ताकेको आरोपमा महानगरीय प्रहरी बृत्तको टोलीले पक्राउ गरेको थियो । होटल संचालकले प्रहरीमा जानकारी दिएपछि असई शाहीलाई नियन्त्रणमा लिइएको थियो ।

महानगरीय बृत्त लैनचौरमा डीएसपी हुँदा राठौरका चालकसहित तीनजना प्रहरी कर्मचारीले २०७३ चैत १८ मा न्यूरोडस्थित एक गहना कारखानाबाट ७० तोला सुनको गरगहना लुटपाट गरेका थिए ।

ती दोषीमध्ये कतिपयलाई २ बर्षसम्म पनि राठौरले पक्राउ गर्न सकेका छैनन् । लुटिएको सुनको मूल्य त्यतिबेलाको मूल्य अनुसार करिब ३० लाख अनुमान गरिएको थियो ।

महाशाखाले लुटपाटमा संलग्न रहेको अभियोगमा सोह्रखुट्टे बृतका सिआरभी भ्यान चालक प्रहरी हवल्दार अजय गुरुङलाई पक्राउ गरेको थियो । तर, लुटपाटका मुख्य अभियुक्त डिएसपी राठौरका चालक भनिएका प्रहरी हवल्दार बलबहादुर थापामगर र बृतको लेखा शाखामा काम गर्ने प्रहरी कर्मचारी नवीन ढकाललाई अझै पक्राउ गर्न सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७