बुलबुलको पोस्टर तत्काल हटाउन प्रहरीको निर्देशन, आखिर के छ पोस्टरमा ?


७ फाल्गुन २०७५, मंगलवार
swastima khadka bulbulqqq

काठमाडौं, ७ फागुन । पाँच दिनअघि मात्र प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर तत्काल हटाउन प्रहरीले निर्देशन दिएको छ ।

swastima khadka bulbulqqq

पोस्टरमा रक्सीको एउटा ब्राण्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो ।

कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।

परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ । स्वस्तिमा खड्का, बुद्धि तामाङ, मुकुन भुषाल लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्र सकारात्मक प्रतिक्रियासहित प्रदर्शनमा छ । चलचित्रलाई धेरैले रुचाएको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७