तपाई गाडी चलाउनु हुन्छ ? यी १२ कारणले हुन्छ सवारी दुर्घटना


७ फाल्गुन २०७५, मंगलवार
bus and car accident दुर्घटना

काठमाडौं, ७ फागुन । नेपालमा सवारी दुर्घटनाको ग्राफ हेर्ने हो भने अत्यासलाग्दो छ । गाडी दुर्घटनाले चोट पटक लाग्ने, अङ्गभङ्ग हुने, ज्यान जाने मात्र हुँदैन यसले अन्य धेरैखालका सामाजिक असरहरु पनि पारिरहेको हुन्छ ।

bus and car accident दुर्घटना 1

नेपालमा गाडी दुर्घटना पर्नुको मुख्य दोष सडकलाई दिइने गरेको पाइन्छ । तर कतिपय अवस्थामा चालकको हेलचेक्र्याइका कारण पनि दुर्घटना निम्तिन सक्ने हुन्छ । विशेष गरी चालकको यी १२ बानीका कारण पनि दुर्घटना हुने गरेको देखिएको छ ।
हेर्नुस् दुर्घटनाका यी कारण :-

१) क्लचमा थिचेर ड्राइभिङ्ग गर्ने

नेपाली बजारमा उपलब्ध प्रायःजसो कार म्यानूअल ट्रान्समिसन लगाइएको छ । यी कार मूल्यका हिसावले सस्तो हुनुका साथै मेन्टेन गर्न पनि सहज हुने गर्छन् । यस्ता गाडी चलाउँदा क्लचमाथि धेरै नियन्त्रण राख्नुपर्छ । क्लच धेरै थिचेर गाडी चलाउँदा क्लच–प्लेट, प्रेशर–प्लेट र क्लच–केवलमा समस्या आउन सक्छ । त्यसैले ड्राइभिङ्गको समयमा आवस्यकता अनुरुप मात्रै खुट्टा राख्नु पर्छ ।

२) न्यूर्टलमा गाडी गुडाउनु हुँदैन

प्रायः अधिकांश चालकले फ्यूल खपत घटाउन ओरोलो स्थानमा इन्जिन अफ गरेर कार चलाउने गर्छन् । जुन निकै चुनौतीपूर्ण बन्नसक्छ । यस्तो अवस्थामा पावर–ब्रेक र पावर स्टेयरिङ्गले काम गर्न छाड्छ । यसकासाथै आवश्यक परेको अवस्थामा तिव्र गतिमा कार चलाउन सकिँदैन । त्यसैले ओरालो बाटोमा सवारीसाधन चलाउदा इन्जिन अफ गर्नु हँुदैन ।

३) अटोमेटिक कार चलाउँदा लेफ्ट–फूट ब्रेकिङ्ग

प्रायः चालकले अटोमेटिक कार चलाउँदा दायाँ ब्रेकमा खुट्टा राख्ने गर्छन् । चालकको यस बानीको कारण दुर्घटना निम्तिन सक्छ । त्यसैले सकेसम्म अटोमेटिक ट्रान्समिसन उपलब्ध गाडीको डिल–पेडल र ब्रेकिङ्गमा खुट्टा राख्नु हुँदैन ।

४) गलत दिशाबाट गाडी चलाउनु

गलत साइडबाट सवारी चलाउनु अर्काे खतरालाई आमन्त्रण दिनु हो । प्रायःजसो ड्राइभरले ट्राफिक नियम उल्लङ्घन गर्दै गलत साइडबाट सवारी चलाउने गर्छन् । जुन निकै चुनौतिपूर्ण बन्नसक्छ ।

५) रियर भ्यू–मिरर बन्दै राख्ने
चालकको खराब बानीमध्ये एक हो, रियर भ्यू–मिरर बन्द भएकै अवस्थामा गाडी गुडाउनु । कारमा रहेको आउडसाइड रियर भ्यू–मिरर फोल्ड नै राखेर गाडी चलाई रहेको थुप्रै घटना देख्न सकिन्छ । विशेषगरी मिरर फोल्डिङ्ग गरेर कार चलाउदा अगाडि–पछाडिको दृश्य नदेखिने भएकाले दुर्घटना निम्तिने गर्छ ।

६) ट्राफिक सिङ्गलको बेवास्ता
प्रायःजसो चालक ट्राफिक नियम उल्लङ्घन गर्नेछन् । नेपालमा पछिल्लो समय सडक दुर्घटनाको मात्रा ह्वात्तै बढ्नुको कारण ट्राफिक नियमको पालना नहुनुले हो । आकस्मिक घट्ने सडक दुर्घटनाबाट बच्न सकेसम्म ट्राफिक नियम पालना गर्नुपर्छ ।

७) हाइबिमको प्रयोग
अँध्यारो सडकमा यात्रा गर्दा हाइबिमको प्रयोग गर्ने गरिन्छ । तर, सामान्य सडकमा हाइबिमको प्रयोग गर्दा विपरीत दिशाबाट आएका अन्य सवारी चालकलाई समस्या पर्ने गर्छ । त्यसैले गाडी चलाउँदा व्यस्त सडकमा हाइबिमको प्रयोग गर्नु हुँदैन ।

८) अत्यन्त नजिक गाडी राख्नु
आफू नजिकको सवारीबाट आफ्नो सवारीसाधन अल्ली परै राखेर चलाउने गर्नु पर्छ । तर, हामीकहाँ सँगै जोडेर गाडी चलाउने चलन रहेको छ । यसले दुर्घटनाहरु बढाई रहेको छ ।
प्रायः मोटरसाइकल, स्कुटर, कार चालकले आफूअघिका सवारीलाई ओभरटेक गर्ने क्रममा पनि दुर्घटना निम्त्यने गरेको पाईन्छ ।

९) कुन स्थानमा छिटो र ढिलो छुट्याउन नसक्नु
कमजोर ड्राइभिङ्ग ह्याबिटले सडकमा समस्या सिर्जना गर्छ । विशेषतः व्यस्त सडकमा निकै बिस्तारै गाडी चलाउँदा अन्य सवारी चालकलाई समेत समस्या पर्न सक्छ भने, स्कुल, अस्पताल जस्ता शान्त क्षेत्रमा बिस्तारै गाडी चलाउनुपर्छ । यस्ता क्षेत्र नबुझी गाडी चलाउँदा दुर्घटना हुने गरेका छन् ।

१०) लेन–अनुशासनको कमी
नेपाली चालकले प्रायः लेन–अनुशासनको पालना नगर्ने गरेको ट्राफिक प्रहरी महाशाखा बताउँछ । हाई–वेमा भने फास्ट–लेनको प्रयोगमा मात्रै ओभरटेक गर्ने गरिन्छ । यसका अलवा चालकले दुई–लेनबीचमा ड्राइभिङ्ग गर्ने बानी हटाउनुपर्छ भने ट्राफिक सूचनाको प्रयोग गर्नुपर्छ । नेपालमा बार्षिक ३० हजारभन्दा बढी चालक लेन अनुसाशनको कारवाहीमा पर्ने गरेका छन् ।

११) आपतकालीन बत्तीको प्रयोग
प्रायःजसो चालकले आपतकालीन वत्तीको प्रयोग गर्ने गर्छन् । विशेषतः यस्तो ल्याम्पको प्रयोग आपतकालिन अवस्था गर्ने गरिन्छ । पानी परेको समय वा जाम भएको अवस्थामा यस्तो ल्याम्पको प्रयोग गर्दा अन्य सवारी चालकलाई भ्रमित गर्ने गर्छ । जसले ठूला दुर्घटना निम्त्याउन सक्छ ।

१२) गाडी चलाउँदा मोवाइल फोनको प्रयोग
अधिकांश चालकले सवारी चलाउँदा सेलफोनको प्रयोग गर्ने गर्छन् । चालकको यही लापर्बाहीको कारण खतरनाक सडक दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७