सिटिजन्स बैंकको आसमान नेपाललाई आर्थिक सहयोग


७ फाल्गुन २०७५, मंगलवार
bank

काठमाडौं,फागुन ७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

bank

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच १ लाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो ।

सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन “आसमान नेपाल” ले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ ।

यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७