स्वास्थ्य मन्त्रालयमा गाईजात्रा


७ फाल्गुन २०७५, मंगलवार
puspa

काठमाडौं, ७ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको टुंगो लगाइनसक्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ औं तहका कर्मचारी मोहम्मद दाउदले गाईजात्रा प्रदर्शन गरेका छन् ।

puspa
डा. पुष्पा चौधरी र मोहम्मद दाउद

दाउदले गैरकानुनी रुपमा ब्यवस्थापन महाशाखामा गएर फाइलहरु सदर गरेका छन् । ब्यवस्थापन महाशाखाका प्रमुख रमेश अधिकारी हुन् । उनी धुलिखेल गएको मौकामा दाउद आइतबार महाशाखाको कार्यालय टेकूमा गएर फाइलहरुमा तोक लगाएका छन् । समायोजनमा उनी संघमै परे पनि उनलाई मन्त्रालयले अहिलेसम्म ब्यवस्थापन महाशाखामा खटाएको छैन । तर मन्त्रालयले नखटाए पनि अनधिकृत रुपमा अर्को कार्यालय प्रमुख नभएको बेला चोरीको शैलीमा गएर उनले फाइलमा तोक लगाएका छन् ।

आइतबार गएर गैरकानुनी रुपमा फाइलमा तोक लगाएको बिषयमा काुननतः मन्त्रालयले महाशाखा प्रमुखको कामकाज गर्न पठाएका रमेश अधिकारीले सोमबार सचिव डा. पुष्पा चौधरी र मन्त्री उपेन्द्र यादवलाई जानकारी गराए । उनले गैरकानुनी रुपमा अख्तियारको दुरुपयोग गरी फाइल सदर गर्ने दाउदमाथि कारबाहीको माग गरे पनि सचिव चौधरीले सुनुवाइ नै नगरेको समाचार छ । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मौनता साँधेका छन् । दाउद सचिव चौधरीका निकट हाकिम हुन् । उनले गैरकानुनी काम गर्ने दाउदलाई संरक्षण गर्न लागेकी छिन् ।
यसअघि ब्यवस्थापन महाशाखाको प्रमुखमा सचिव चौधरीले नै दाउदलाई सरुवा गरेकी थिइन् । देशभरका स्वास्थ्य उपकरण मर्मतमा १४ करोड भन्दा बढी भ्रष्टाचार गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि ब्यापारी विशाल पण्डितसहित आफूसमेत फस्ने भएपछि उनले दाउदलाई ब्यवस्थापनमा पठाएकी थिइन् । तर गएको कात्तिकमा मन्त्री यादवले सचिव चौधरीलाई सरुवा गरेपछि उनका निकट दाउदलाई प्रदेशमा सरुवा गरिएको थियो ।

समायोजनमा उनी संघमै परेपछि हतार हतार मन्त्रालयले सरुवा नै नगरी उनी ब्यवस्थापन महाशाखामा गएर फाइल सदर गरेपछि विवाद निम्तिएको छ । सचिव चौधरीकै निर्देशनमा उनी कानुन विपरीत महाशाखामा गएर फाइलमा तोक लगाएको मन्त्रालयका एक अधिकारी बताउँछन् । उनी भन्छन्, सचिवले नै गैरकानुनी रुपमा उनलाई महाशाखामा पठाएकी हुन् । सचिवको संकेतविना मन्त्रालयले खटाएको हाकिम हुँदाहुँदै उनी कसरी जान्छन् ? यो अराजकताको पराकाष्टा हो । उनलाई विभागीय कारबाही हुनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७