भारतले लाइसेन्स नदिँदा नेपालीको साढे ३ अर्ब जोखिममा


९ फाल्गुन २०७५, बिहीबार
gass bullet

काठमाडौं, ९ फागुन । भारतले ग्याँस ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्याँस उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको हो ।

gass bullet

सरकारले करिब दुई वर्षअघि नेपाली व्यवसायीले पनि ग्याँस बुलेट खरिद गर्न र त्यसबाट ढुवानी गर्न पाउने व्यवस्था गरिदियो । नेपाली ग्यास बुलेटबाट ढुवानी गर्न रुट परमिटसँगै विस्फोटक पदार्थ ओसारपसारको अनुमति भारतले दिनुपर्छ । भारतीय ग्याँस बुलेटको व्यापार गुम्ने खतराले २ वर्षदेखि लाइसेन्स दिइएको छैन ।

नेपाली बुलेटबाट ग्याँस ढुवानी गर्न रुट परमिटसँगै विस्फोटक पदार्थ ओसारपसारको लाइसेन्स भारतले नदिँदा व्यवसायीहरूको लगानी जोखिममा परेको हो । भारतीय ग्याँस बुलेटको व्यापार गुम्ने खतराले लाइसेन्स दिन तयार छैन । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७