मन छुने गीतमा अभिनेता केसीको बेजोड अभिनय (भिडियोसहित)


९ फाल्गुन २०७५, बिहीबार
madhab kc

काठमाडौं, ९ फागुन । अभिनेता माधव केसीको बजोड अभिनय रहेको मर्मस्पर्सी म्युजिक भिडियो बजारमा आएको छ ।

madhab kc

बलबहादुर राजवंशीको मिठो गलाले सजिएको ‘हिजोसम्म तिमी मेरो साथमा थियौ’ बोलको गीतको म्युजिक भिडियोमा अभिनेता माधव केसी र सुस्मिताको अभिनय छ । महेन्द्र तामांङको शब्द रचना रहेको गीतमा गायक स्वयम्ले संगीत दिएका छन् ।

दर्जन हाराहारी नेपाली चलचित्रमा अभिनय गरिसकेका अभिनेता माधब केसी गीतको शब्द–संगीत मन छुने खालको रहेको बताउँदै भन्छन्, ‘हामी सबैले राम्रो मेहनत गरेका कारण भिडियो उत्कृष्ट बनेको छ, दर्शक–श्रोताले मन पराई दिनुहुन्छ भन्ने लागेको छ ।’

धेरै चलचित्र निर्देशन गरिसकेका नवल नेपालको यस म्युजिक भिडियोमा निर्देशकीय खुबी राम्रो देखिएको छ । श्रीकुमार राईले छायाङ्कन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । युट्युवमा हेर्न सकिने म्युजिक भिडियोलाई हेरेर धेरै दर्शक–श्रोतले प्रशंसा गरेका छन् । पूर्वाञ्चलका सुन्दर ठाउँहरुलाई क्यामरामा कैद गरिएका कारण पनि म्युजिक भिडियो सुन्दर बनेको छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७