बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ६९ जनाको मृत्यु


९ फाल्गुन २०७५, बिहीबार

काठमाडौं, ९ फागुन । बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तिमा ६९ जनाको मृत्यु भएको छ । झण्डै ४५ जना गम्भीर घाइते भएका छन् । बिहबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्याँस सिलिन्डर विष्फोट भएर आगलागी भएको हो ।

राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौक बजारको एक भवनबाट आगलागी शुरु भएको जनाइएको छ । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो ।
ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका छन् । आगलागी भएको क्षेत्रमा रसायनको गोदाम पनि थियो । ३७ वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

अहिलेसम्म १२ जनाको शव बाहिर निकालिएको छ । ९५ प्रतिशत आगलागी नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा आएपछि खोजी तथा उद्धारको काम जारी राखिने सरकारी अधिकारीले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७