सनीको ‘सरप्राइज’, जुनियर इञ्जिनियर पदको परीक्षामा टप !


९ फाल्गुन २०७५, बिहीबार
sunny leone

काठमाडौं, ९ फागुन । व्यस्क चलचित्र हुँदै बलिउड चलचित्र क्षेत्रमा छिरेकी सनी लियोनीलाई नचिन्ने मानिस शायदै होलान् । उनै सनीको नाममा अर्को ‘सरप्राइज’ को समाचार बाहिरिएको छ ।

sunny leone

भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङको परीक्षामा ‘सनी लियोनी’ ले टप नतिजा निकालेकी छिन् । उनी अभिनेत्री सनी लियोनी भने होइनन् । तर पनि यसमा सनी लियोनी पनि जोडिन आइपुगेकी छिन् ।

1 7

विभागमा आवेदन दिने १७ हजार आवेदकमध्ये ‘सनी लियोनी’ नाम गरेकी आवेदकले डिप्लोमामा प्राप्त गरेको अंकका आधारमा उनलाई शीर्ष स्थानमा राखिएको हो ।

तर विभागले सनी लियोनी नाम गरेको आवेदक सही हो कि नक्कली हो भनेर शैक्षिक प्रमाणपत्रहरु भेरिफिकेसनपश्चात मात्रै पत्ता लाग्ने बताएको छ । जन्ममिति मे १३, १९९१ उल्लेख गरिएको सनी लियोनीले डिप्लोमामा ९८.५० प्रतिशत हासिल गरेको प्रमाणपत्र उल्लेख गरेको विभागका सहसचिव अशोक कुमारले बताएका छन् ।

सामाजिक सञ्जालमा समाचार भाइरल बनेसँगै अभिनेत्री सनी लियोनीले ट्वीट गर्दै रमाइलो गरेकी छिन् । उनले लेखेकी छिन्, हाहा, म निकै नै खुशी छु कि अर्की सनीले यति राम्रो अंक हासिल गरेकी छिन् ।’

sunny

बिहार लोक स्वास्थ्य अभियन्त्रण विभागले भने यदि आवेदक नक्कली निस्किए कार्बाही गर्ने बताएको छ । अनलाइन आवेदनको दुरुपयोग गर्ने व्यक्तिलाई कडा कार्बाही गर्ने विभागले जनाएको छ । परीक्षामा तेस्रो स्थान हासिल गर्नेको नाम bvxzbnnb भएकाले पनि कतिपय आवेदन नक्कली हो कि भन्ने आशंका गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७