किरण चेम्जोङले सहाराको वर्ष खेलाडी सम्मान पाउने


९ फाल्गुन २०७५, बिहीबार
kiran chemjong

पोखरा, ९ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७४ बाट सम्मान गर्ने भएको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणको उद्घघाटनमा उनलाई सम्मान गर्न लागिएको हो । क्लवले ३५ हजार रूपैयाँ , प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिने जनाएको छ ।

सहाराले गत वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको थियो । गत वर्ष राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई सम्मान गरिएको थियो । त्यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो ।

राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले यो सिजन माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासायिक फुटबल खेलेका थिए । उनको उच्च प्रदर्शनबाट प्रेरित टोली माल्दिभ्सको लिग च्याम्पियन बनेको थियो । किरण लिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।

सहारा क्लबको आयोजनामा सुरु हुने आहा गोल्ड कपमा १० टोलीको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक टोली र एपिएफ क्लबबीच हुँदैछ ।

प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा सर्बा्िधक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५र१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ ।

एक करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको प्रतियोगितामा ९७ लाख ९८ हजार ९ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकको अपेक्षा छ । प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर फाइनल खेलका लागि ८० रुपैयाँ, क्वाटरफाइनलका लागि १०० रुपैयाँ, सेमीफाइनलका लागि १५० रुपैयाँ र फाइनल खेलका लागि २०० रुपैयाँ प्रवेश टिकट दर कायम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७