कोरियामा तोकियो काम गर्ने उमेर, अदालतले दियो यस्तो निर्देशन


९ फाल्गुन २०७५, बिहीबार
South Korea R5mfIrIQog

काठमाडौं, ९ फागुन । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकासको उमेर र केही उद्योगमा प्रभाव पार्ने जानकारले बताएका छन् ।

South Korea R5mfIrIQog

सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो ।

बिहीवारको उक्त आदेशसँगै पुनरावेदन अदालतले पार्क डोङ–ह्यून र उनको परिवारका सम्बन्धमा नयाँ आदेश जारी गर्नेछ । अगस्ट २०१५ मा ४ वर्षका छोराको पौडी पोखरीका सञ्चालकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पार्कले चार लाख ४० हजार क्षतिपूर्ति माग गरेका थिए ।

परिवारका सदस्यहरूले आफ्नो बच्चाले ६५ वर्षसम्म काम गर्न सक्ने र त्यसबाट कमाई हुने रकमको अनुमान गरी क्षतिपूर्ति दाबी गरेका थिए । तल्लो अदालतले भने पौडी पोखरी सञ्चालकको पक्षमा आदेश दिएका थिए । अदालतले सर्वोच्च अदालतको सन् १९८९ को आदेशलाई नजीर मानेको थियो, जसमा अधिकतम कार्य उमेरलाई ५५ बाट ६० वर्ष कायम गरिएको थियो ।

लामो समयदेखि चलेको यस मुद्दामा सर्वोच्च अदालतले मुलुकको पछिल्लो परिस्थिति परिवर्तन भएको र कार्य उमेरको गणना वस्तुगत आधारमा गरिएको जनाएको छ । ओइसीडीको सन् २०१७ को प्रतिवेदन अनुसार कोरियालीको औसत आयू पुरुषको ७९.७ र महिलाको ८५.७ वर्ष रहेको छ । सरकारी र निजी कम्पनीमा अवकाश उमेर पनि ६० वर्ष पुर्‍याइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७