अब शिक्षकको सुविधा सरकारी कर्मचारीको भन्दा आकर्षक, यस्तो छ शिक्षा मन्त्रालयको सहमति (२० बुंदे सहमतिसहित)


९ फाल्गुन २०७५, बिहीबार
teacher

काठमाडौं, ९ फागुन । के तपाई शिक्षण गर्नु हुन्छ ? अनि सेवा सुविधा कम भइरहेको महसुस गरिरहनु भएको छ ? यदि त्यसो हो भने अब तपाईले चिन्ता नलिए हुने भएको छ । अब सरकारले शिक्षकलाई निजामती कर्मचारी भन्दा आकर्षक सेवा–सुविधा दिने भएको छ ।

teacher

शिक्षकलाई निजामती कर्मचारीको भन्दा आकर्षक सेवा सुविधा दिने प्रवन्ध गर्न शिक्षा मन्त्रालयले सहमति जनाइसकेको छ । निर्माणको प्रक्रियामा रहेको संघीय ऐनमा उक्त ब्यवस्था गर्ने गरी मन्त्रालयले नेपाल शिक्षक महासंघसँग लिखित सहमति समेत गरेको छ ।

‘विद्यालय शिक्षकको सेवा शर्त र सुविधाको मापदण्ड संघीय सरकारले तोक्ने र त्यस्तो सुविधा समान तहका निजामती सेवाको कर्मचारी भन्दा आकर्षक बनाइने’ महासंघ र शिक्षा मन्त्रलयबीचको सहमतिमा उल्लेख छ ।

लामो समयदेखि आन्दोलनरत महासंघ र मन्त्रालयबीच पटक–पटक भएका वार्तापछि बिहीबार भएको २० बुँदे सहमतिको बुँदा ६ मा उल्लेख संघीय ऐनमा गरिने प्रवन्धहरु अन्तर्गत उक्त बुँदा राखिएको छ ।

शिक्षा सचिव खगराज बरालसहित मन्त्रालयका सहसचिवहरु र महासंघका अध्यक्ष बाबुराम थापासहित शिक्षक नेताहरुले हस्ताक्षर गरको उक्त सहमतिमा शिक्षकका विभिन्न सेवा सुविधाहरुको बारेमा उल्लेख गरिएको छ ।
हेर्नुस् यस्तो छ सहमति

suchi 1
suchi 2
suchi 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७