सहारा क्लबद्धारा नम्वर वान गोलकिपर चेम्जोङ सम्मानित


९ फाल्गुन २०७५, बिहीबार
Kiran chemjong 1

पोखरा, ९ माघ । पोखराको सहारा क्लबले नेपाली राष्ट्रिय टोलीका नम्वर वान गोलकिपर किरण चेम्जोङलाई सम्मान गरेको छ ।

किरणलाई बिहीवार आहा रारा गोल्डकपको प्रतियोगिताको १७ औं संस्करणको उद्घघाटनमा समारोहमा क्लबले किरणलाई नगद ३५ हजारसहित सम्मान गरेको हो ।

उनले पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नगद पुरस्कारसहित सम्मान गरे । माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबाट धिवेही लिग खेलेका किरणले माल्दिभ्सको लिग जितेका थिए । उनी लिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।

Kiran chemjong 2

सहारा क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । गत वर्ष राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई सम्मान गरिएको थियो । त्यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो ।


सहारा क्लबको आयोजनामा सुरु भएको आहा गोल्ड कपमा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ८ लाख १ हजार र दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७