एनसीसी बैंक र नेको इन्स्योरेन्सले बीमा सेवामा सहकार्य गर्ने


९ फाल्गुन २०७५, बिहीबार
photo 5 XPVTkrHLCl

काठमाडौं ,फागुन ९ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेको इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

photo 5 XPVTkrHLCl

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेको इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७