नेपाल आइपुगे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन


९ फाल्गुन २०७५, बिहीबार
Yohan cp2fd3vhqQ

काठमाडौं, फागुन ९ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक स्विडिस योहान कालिन बिहीबार नेपाल आइपुगेका छन् ।

Yohan cp2fd3vhqQ

अखिल नेपाल फुटबल संघ (एन्फा) को गत माघ ३ गते बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनले मार्चबाट सिनियर राष्ट्रिय टिमको नेतृत्व सम्हाल्नेछन् । यस्तै कालिनले मार्च २२ देखि कतारमा हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणदेखि जिम्मेवारी निर्वाह गर्नेछ ।

उनले विमानस्थलमा नेपाली फुटबल टिम राम्रो लयमा अगाडि बढेको र आफूसँग भएको अनुभवलाइ खेलाडीसँग साट्ने र एउटा उत्कृष्ट टिम तयार पार्ने बताए ।

एन्फाले गएको माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दुई वर्षको सम्झौता अनुसार नेपाल आएका उनले नेपाली फुटबलका बारेमा केही जानकारी रहेकाले र आफूले पहिले अनुभव गरेको फुटबल र अहिलेको फुटबलमा केही परिवर्तन भएको बताए ।

एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महिना दिएको थियो । सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन् । योहानले नेपाली खेलाडीसँग घुलमिल गर्नुका साथै उनीहरू मानसिकता बुझ्नेछन् । यसका साथै २३ वर्षमुनिको राष्ट्रिय टिमको प्रशिक्षणमा पनि सहयोग गर्नेछन् । त्यसपछि उनी राष्ट्रिय टिमको विश्वकप छनोटमा क्याम्पमा बस्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७