अमलेखगञ्जस्थित नेपाल आयल निगममा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर


९ फाल्गुन २०७५, बिहीबार
IMG 1610 3U8OCpTWaE

काठमाडौं,फागुन ९ । बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा प्रभु बैंकको बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउन्टर स्थापना भई संचानमा आएको छ ।

IMG 1610 3U8OCpTWaE

नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले एक समारोहकाबीच उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।कार्यक्रममा नेपाल आयल निगम अमलेखगञ्जका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले एक्स्टेन्सन काउन्टरले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।

उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताए ।

साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पूर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी गराए ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आप्mनै टोल छिमेकमै रहेको प्रभु बैंकको सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७