सिद्धार्थ बैंकको थप २ शाखाहरु संचालनमा


९ फाल्गुन २०७५, बिहीबार
Fullscreen capture 022119 065351 PM KQF53NDwbB

काठमाडौं,फागुन ९ । सिद्घार्थ बैंकले भरतपुर र गैंडाकोटमा थप दुई शाखा कार्यालय संचालनमा ल्याएको छ ।

Fullscreen capture 022119 065351 PM KQF53NDwbB

बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दहाल, उद्योग वाणिज्य संघ९चितवनका अध्यक्ष सहनलाल प्रधान तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गरे ।

त्यसैगरी, बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उद्योग वाणिज्य संघ९गैंडाकोटका अध्यक्ष अमृत भट्टचन तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले गरे ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १२०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७