नेपालद्वारा युएई सात विकेटले पराजित


१० फाल्गुन २०७५, शुक्रबार
cri 2

काठमाडौं, १० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको छ ।

cri 2

थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ तथा सरिता रानामगरले छ रन बनाइन् । यसअघि युएईले टस जितेर पहिले ब्याटिङ गर्दै १७.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो ।

यूएइका लागि चामानी रोसहिनीले १३ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्कको रन जोडन् सकेनन् । युएइलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले चार विकेट लिईन् । यस्तै सीता रानामगर, सोनु खड्का र कृष्णा कुँवरले समान दुई–दुई विकेट लिए ।

जितसँगै नेपालले तीन खेलबाट एकमा हार र दुईमा जीत निकाल्दै चार अङ्क बनाएको छ । युएइको पनि समान चार अङ्क नै छ । छनोट प्रतियोगिताका शुरुवाती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । उसले तीन खेलबाट छ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले अर्को खेल फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्ने छ । एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिष्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७