भारतले पाकिस्तानतिर बग्ने तीन नदीमा पानी रोक्ने


१० फाल्गुन २०७५, शुक्रबार
river

काठमाडौं, १० फागुन । पुलवा आक्रमणपछि भारत–पाकिस्तानको सम्बन्धमा थप तिक्तता आएको छ । भारतीय सैनिक जवानमाथि भएको हमलापछि रिसाएको भारतले पाकिस्तानमा जाने तीन वटा नदीमा आफ्नो भागमा पर्ने पानी अब रोक्ने भएको भएको छ ।

river

फेब्रुअरी १४ मा जम्मु–काश्मिरको पुलवामामा भएको आतंककारी हमलापछि पाकिस्तानप्रति निकै आक्रामक भइरहेको भारत सरकारले सिन्धु जल सम्झौताअनुसारको पानी रोकेर आफ्नो भू–भागमा ल्याउने निर्णय गरेको छ ।

केन्द्रीय जलस्रोत मन्त्री नितिन गडकरीले रवी, बेइज र सतलज नदीमा भारतले पाउनु पर्ने पानी अब पाकिस्तानतिर बग्न नदिएर जम्मु कस्मिर र पञ्जाबमा प्रयोग गर्ने बताएका छन् । १९६० को इन्दस जल सम्झौताअनुसार सतलज, बिज र रवी नदीको पानी भारतले नियन्त्रण गर्छ भने जेलुम, चेनाव सिन्धु पानीमाथि पाकिस्तानको नियन्त्रण हुन्छ ।

सन्धीअनुसार भारतले पाउने पानीमध्ये अहिले ९५ प्रतिशतभन्दा कम पानी प्रयोग भइरहेको छ । बाँकी पानी पाकिस्तानतर्फ बगरे जान्छ । भारतले अब त्यो बाँकी पानी पनि पाकिस्तान जान नदिने भएको हो ।

२०१६ को उरी हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदीले पानी र रगत एकसाथ बग्न नसक्ने बताएका थिए । त्यसपछि यी तीन नदीको पानी रोक्न तीन ठाउँमा बाँध बाँध्ने योजना फास्ट ट्रयाकबाट पारित गरिएका थिए । अहिले ती बाँध निर्माणको काम भइरहेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७