गोर्खाज फाइनान्सको विभिन्न नयाँ बचत योजना, र्गार्खा पेन्सनमा ८.५ प्रतिशत ब्याज दिने


१० फाल्गुन २०७५, शुक्रबार
gorkhas finance logo

काठमाण्डौ, १० फागनु । गोर्खाज फाइनान्स लि.ले नयाँ विभिन्न बचत योजना ल्याएको छ । फाइनान्सले ८.५ प्रतिशतसम्म ब्याज दिने गरी नयाँ बचत योजना ल्याएको हो ।

gurkhasfinance

बंैकले ल्याएको बचत योजना अन्तर्गत बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, स्टुडेन्ट सेभिङ र पेरोल सेभिङ रहेको छ । फाइनान्सले बाल बचत, नारी बचत, जेष्ठ नागरिक बचत र गोर्खा पेन्सनमा ८.५ प्रतिशत बार्षिक ब्याजदर दिने भएको छ । भने स्टुडेण्ड र पेरोल सेभिङमा ८ प्रतिशत बार्षिक ब्याज दिने भएको छ ।

यसैगरी फाइनान्सले ३ लाख रुपैयाँसम्म निक्षेपमा बिमा, चाहेजति रकम झिक्न र राख्न सकिने, निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिनेछ ।

मुख्य कार्यालय काठमाडौं डिल्ली बजारमा रहेको फाईनान्सले हाल २४ वटा शाखा कार्यलय मार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७