पार्टी एकता कार्यदलका सदस्य योगेश भट्टराई भन्छन्, ‘कार्यदल विघटनको निर्णय दुर्भाग्यपूर्ण’


१० फाल्गुन २०७५, शुक्रबार
1548410433Yogesh Bhattarai

काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले पार्टीको सांगठनिक एकताका लागि गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णय दुर्भाग्यपूर्ण भएको जनाएका छन् ।

1548410433Yogesh Bhattarai

पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्यदलका सदस्य समेत रहेका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दुर्भाग्यपूर्ण रहेको दाबी गर्दै उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सोसम्बन्धी निर्णय विधानविपरीत रहेको र त्यसले कार्यदलले काम गर्न सके–नसकेको सही समीक्षा समेत गर्न नसकेको गुनासो गरेका छन् ।

शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्यदल विधान विपरीत सचिवालय बैठकले विघटन गरेको तर्क अगाडि सारेका छन् । उनले सो कार्यदललाई कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको गुनासो गरे ।

नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निरास बनाएको दाबी गरेका छन् । गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७