पाकिस्तान सुपर लिग क्रिकेटको डेब्यु खेलमै सन्दीपले लिए ३ विकेट


१० फाल्गुन २०७५, शुक्रबार
sandip kS2Mz0Zl2H

काठमाडौं,फागुन १० । पाकिस्तान सुपर लिगमा सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिएका छन् । लाहोर कलन्दर्सबाट लामिछानेले पहिलो खेलमै ३ विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १७ रन दिएर महँगो सावित भएका सन्दीपले दोश्रो, तेश्रो र चौथो ओभरमा १–१ विकेट लिन सफल भएका हुन् ।

sandip kS2Mz0Zl2H

लगत्तै दोस्रो ओभरमा सन्दीपले लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउन सफल भए । मुलतान सुल्तान्ससँगको खेलमा सन्दीपले तीन विकेट लिएका हुन् ।

उनको बलमा ११।५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भिन्स फकर जमानको हातबाट क्याच आउट भएका थिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गर्न सफल भए ।

१६ औं ओभरमा व्यक्तिगत चौथो ओभर लिएर आएका सन्दीपले आन्द्रे रसललाई कट एण्ड बोल्ड गरेका हुन् ।

सन्दीपले ४ ओभरको स्पेलमा ४६ रन खर्चिएदा ३ विकेट हात पार्न सफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७