विषाक्त रक्सीले कम्तीमा ५० जना चिया मजदुरको ज्यान लियो


११ फाल्गुन २०७५, शनिबार
india tea labor 0IwoA8ODcD

काठमाडौं, ११ फागुन । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ ।

india tea labor 0IwoA8ODcD

विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार राति सलमारा चिया बगानमा ६५ वर्षीया महिला द्रौपदी ओरनको घरमा भएको जमघटमा विषाक्त रक्सीका कारण यो घटना घटेको हो । जमघटमा आएका आफन्त र छिमेकीले विषाक्त रक्सी खाएका थिए । एकैछिनमा चार जना महिलाको ज्यान गएको त्यसपछि एक्कासी सबै बिरामी पर्न थालेको असम प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चिया बगाननजिकै जुगीबारीमा रहेको अवैध रक्सी उद्योगका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान थालेको बताएको छ । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा पनि गएको दुई हप्तामा विषाक्त रक्सीकै कारण झण्डै एक सय जनाको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७