फेसबुकलगायत सामाजिक सञ्जालमा यसरी लाग्दैछ अंकुश


११ फाल्गुन २०७५, शनिबार
facebook

काठमाडौं, ११ फागुन । विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापान गर्न ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ मा प्रशासनिक निकायले अधिकार दुरुपयोग गर्नसक्ने गरी ठाउँ छोडिएको छ ।

facebook

विशेषगरी इन्टरनेट र सूचना प्रविधि क्षेत्रलाई नियमन गर्न तयार पारिएको भए पनि विधेयकमा सामाजिक सञ्जाल र त्यसमा हुने सामग्रीलाई नियन्त्रण गर्न सकिने प्रशस्त प्रावधान राखिएका छन् ।

सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको विधेयकको दफा ९१ अहिले चर्चामा छ । यसअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ ।

सामाजिक सञ्जालमा विज्ञापनबापत बर्से्नि मोटो रकम बाहिरिएको आशंका गर्दै सरकारले सामाजिक सञ्जाल नेपालभित्रै दर्ता भए त्यसबाट राजस्व प्राप्त हुने र यसमार्फत हुने आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने तर्क गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

विधेयकको दफा ९२ मा राखिएको प्रावधानअुसार, सूचना प्रविधि विभागले ‘यो ऐनबमोजिम कसुर ठहरिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेको वा गर्न लागेको विषयमा विभागले त्यस्तो विषयवस्तु वा सूचना हटाउन तत्काल सम्बन्धित सामाजिक सञ्जाललाई निर्देशन दिन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७