आफन्तको विहेमा सशस्त्रका एसपीले लगे हतियार र गाडी


११ फाल्गुन २०७५, शनिबार
sarakari gadi bR0VcMcnRs 2

धनगढी, ११ फागुन । सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् ।

sarakari gadi bR0VcMcnRs 2

सरकारी सम्पत्ति निजी कामकमा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् । ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका जन्तीको पछिपछि हिँडेको देखेपछि पत्रकारको नजरमा परेको थियो ।

पिकअप गाडीको पछाडि दुई जना जवान हतियारसहित एसपीका बालबच्चा र आफन्त जन्ती जाने गरी सजिएका देखेपछि पत्रकारले गाडीको पिछा गरेका थिए ।

काठमाडौं गोल्डेन्सको क्रिकेट टिमले डिपिएल बहिष्कार गरेपछि आयोजित पत्रकार सम्मेलनमा गइरहेको पत्रकारको टोलीले देखेपछि उक्त गाडी विवाहको लस्कर छाडेर ओम प्यालेसतिर हुइँकिएको थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७