सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा १० वर्षदेखि ताला


११ फाल्गुन २०७५, शनिबार
teku aspital

काठमाडौं, ११ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा घातक रोगका बिरामी राख्ने छुट्टै (आइसोलेसन) कक्ष १० वर्षदेखि बन्द छ ।

teku aspital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पतालमा छुट्टै आइसोलेसन कक्ष बनाउनुपर्ने प्रावधान बनाए पनि आफैँले स्थापना गरेको कक्ष भने सञ्चालनमा ल्याउन सकेको छैन । सरकारले विश्व बैंकको सहयोगमा करिब एक करोड ५० लाख रुपैयाँको लागतमा १० वर्षअगाडि आठ शैंयाको आइसोलेसन कक्षको स्थापना गरेको थियो ।

अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयका कर्मचारीमा आइसोलेसन कक्षका विषयमा पर्याप्त ज्ञान नहुँदा वर्षौँदेखि बन्द रहेको हो । सरुवा रोगसम्बन्धी स्वास्थ्य उपचार गर्ने नेपालकै एक मात्र अस्पताल भएकाले पनि हरेक दिन त्यस्तो कक्षमा भर्ना गर्नुपर्ने बिरामीहरू आउने गरेको निर्देशक पाण्डेले बताए ।

तत्काल ५० लाख र २४ कर्मचारी आवश्यक
अस्पतालका निर्देशक डा. पाण्डेले १० वर्षदेखि आइसोलेसन कक्षमा चेनगेट लगाइएको जानकारी दिए । पछिल्लो समय नेपालमा संक्रामक रोग देखिन थालेपछि सरुवा रोग अस्पतालले समयमै त्यस्ता बिरामीको उपचार गर्न छुट्टै कक्षको स्थापना हुनुपर्ने माग राख्दै आएको थियो । ‘छुट्टै कक्ष स्थापना भए पनि त्यसको प्रयोग गर्न नसक्नु दुःखद हो,’ डा. पाण्डेले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७