लेखाअधिकृतको समायोजनमा ट्रेड युनियनको चलखेल


११ फाल्गुन २०७५, शनिबार
kedar

काठमाडौं, ११ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा समूहका अधिकृतहरुको समायोजन शुक्रबार सकेको छ । लेखाअधिकृतको समायोजनमा ट्रेड युनियनका नेताहरु समेत गाउँपालिकामा परेका छन् ।

kedar
पुण्यप्रसाद ढकाल र केदारप्रसाद देवकोटा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाको सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा समायोजन भएको छ । उनी संघ अन्तर्गत काठमाडौंकै कुनै कार्यालयमा समायोजन हुने दाउमा थिए । त्यसकै लागि उनी प्रयासरत थिए ।

त्यसैले गर्दा लेखाअधिकृतको समायोजन फेरि संशोधन हुने भएको छ । सफ्टवेयर गडबड भएको भन्दै लेखअधिकृतको समायोजन संशोधन गरी अध्यक्ष देवकोटालाई काठमाडौं उपत्यकाभित्रै समायोजन गर्न लागिएको स्रोतले बताएको छ ।

kedar debkota
लेखाअधिकृतको समायोजनमा देवकोटाको बलेफी नगरपालिकामा भएको प्रमाण

समायोजन महाशाखाका कर्मचारीलाई देवकोटाले चर्को दबाब दिएपछि समायोजन संशोधन गर्ने तरखर भइरहेको छ । स्रोतका अनुसार पुनः लेखाअधिकृतको समायोजनको अर्को सूचना निकाल्ने तयारीमा सामान्य प्रशासन मन्त्रालय छ ।

एक ब्यक्तिको स्वार्थपूर्तिका लागि भइसकेको समायोजन पनि संशोधन गर्न खोजिएपछि सफ्टवेयरकै विश्वसनियतामाथि प्रश्न उठेको छ । जबकि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सफ्टवेयरले समायोजन गर्ने भएकाले कुनै पक्षपात नहुने भाषण गर्दैआएका छन् ।

यसैबीच, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल उपत्यका बाहिर गएको मौका पारी संगठनका अध्यक्ष केदार देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । जसले अध्यक्ष बनायो, त्यसैलाई जानकारी नदिई उनले प्रधानमन्त्री ओलीलाई भेटेको बिषयले ढकाल रुष्ट भएका छन् ।

जसको छायाँ केही दिनअघिको संगठनको उपत्यका भेलामा समेत देखिएको छ । भइसकेको लेखाअधिकृतको समायोजना संशोधन गरी सफ्टवेयरको विश्वसनीयतामा प्रश्न नउठाउने पक्षमा सीबीएका अध्यक्ष पुण्य ढकाल र संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला छन् । उनीहरुले देवकोटालाई काठमाडौं उपत्यकामा आउन नदिन लागेको आरोप पनि छ ।

सीबीएले काम गर्न सकेन भनेर देवकोटाले प्रधानमन्त्री ओलीलाई गुनासो गरेको सूचना पनि ढकालले पाइसकेका छन् । त्यसपछि ढकाल झन् रुष्ट भएका छन् । संघीय निजामती सेवा ऐनमा सरुवाको प्रावधान राख्ने कि नराख्ने बिषयमा पनि ढकाल र देवकोटाबीच मतभेद सतहमा आएको छ ।
सरुवा पाउनु पर्छ भनेर देवकाटाले ढकाललाई जानकारी नै नदिई संशोधन प्रस्ताव अगाडि बढाउन सभासदलाई पत्र बुझाउने तयारी गरेका छन् । तर ढकाल र कोइराला यसको बिपक्षमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७