काठमाडौं बसुन्धरामा बसको ठक्करबाट शिक्षकको मृत्यु


११ फाल्गुन २०७५, शनिबार
Bus accident दुर्घटना 2

काठमाडौं, ११ फागुन । बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा ४ ख ८४०७ नम्बरको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा ५५ प २९९ नम्बरको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो ।

Bus accident दुर्घटना 1

लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिए ।

नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्ष समेत रहेका मृतक न्यौपानेले साउथ वेस्र्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आएका थिए । दुर्घटना गराउने बसका चालक रामेछापका २३ वर्षीय मेखबहादुर कार्की र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७