एनसेल मुख्यालय विष्फोट : कर्मचारी नै संलग्न भएको आशंका, गार्ड पक्राउ


११ फाल्गुन २०७५, शनिबार
ncell 1

काठमाडौं, ११ फागुन । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारीकै संलग्नता रहेको आशंका गरिएको छ ।

ncell 1

विष्फोटमा संलग्न भएको आशंकामा एनसेल कर्मचारीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ एनसेल मुख्यालयमा भएको बम विष्फोटमा परी तीन जना घाइते भएका थिए । जसमध्ये प्रतापसिंह गुरुङको ज्यान गइसकेको छ । सिसिटिभी फुटेजमा एनसेलका गार्डहरुको शंकास्पद गतिविधि देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान थालिएको जनाएका छन् । ‘सिसिटिभी फुटेजमा एनसेलका कर्मचारीको गतिविधि शंकास्पद देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘केही गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरी श्रोतका अनुसार सिसिटिभी फुटेजमा मोटरसाईकलमा तीन जना माक्स लगाएका व्यक्ति कार्यालयमा प्रवेश गरेको देखिएका छन् । उनीहरु निस्किएपछि केही गार्डले बम जस्तो देखिने एउटा वस्तु बाहिर ल्याएर छाड्छन् । त्यसको केही समयपछि नै एनसेल कार्यालयमा बिष्फोट हुन्छ ।

कार्यालयमा माक्स लगाएका व्यक्ति प्रवेश गर्दा गार्डले उनीहरुलाई रोक्न नखोज्नु, शंकास्पद बस्तु बाहिर ल्याएर राख्नु, तर प्रहरीलाई खबर नगर्नुले विष्फोटमा एनसेल कर्मचारीकै संलग्नताको आशंका प्रहरीले गरेको हो ।

बम विष्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रताप गुरूङ, बागडोलकी २६ वर्षीया प्रतिक्षा खडका र काभ्रेकी २५ वर्षीया उरूसा मानन्धर घाइते भएका थिए । घाइतेमध्ये गुरुङको निधन भइसकेको छ भने अन्यको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७