प्रधानमन्त्रीको ‘धनगढी’ चेतावनीले बिच्किएकै हुन् विप्लव ?


११ फाल्गुन २०७५, शनिबार
pm oli and biplav axiata ncell

काठमाडौं, ११ फागुन । काठमाडौंसहित शुक्रबार देशभर बम आतंकले तर्सायो । विभिन्न समयमा भएका श्रृंखलावद्ध बम विष्फोटबाट कोही घाइते भए, कोही त्रसित बने अनि देशलाई करोडौंको क्षति पुर्‍यो ।

pm oli and biplav axiata ncell

सञ्चार प्रदायक संस्था एनसेललाई निशाना बनाएर गरिएको बम विष्फोटबाट काठमाडौंका एक जनाको ज्यान गयो भने, दुई जना अहिले उपचारमा छन् । घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर सरकार, प्रहरी र सर्वसाधरणले देशभर आतंक सिर्जना गरी एकै दिन गराइएको विष्फोटमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी नै हो भन्ने आशंका गरेका छन् ।

यो शंकालाई प्रमाणित गराउनका लागि केहि जिल्लामा विष्फोटस्थलमा छरिएका पर्चाले सहयोग पु¥याएको छ । एक साताअघि मात्र विप्लव माओवादीले नै अरुण तेस्रो जलविद्युत आयोजना परिसरमा बम विष्फोट गराएका थिए ।

संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको थियो । पावरहाउसदेखि करीब ११५ मिटर पूर्वमा बम पड्कँदा दुई वटा जेनेरेटरमा क्षति पुगेको प्रहरी जानकारी गराएको थियो । सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ ।

यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ । भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमनाको आयोजनाको रुपमा अरुण तेस्रोको शिलान्यास गरेका थिए ।

विप्लवलाई धनगढीबाट प्रधानमन्त्रीको चेतावनी
अरुण तेस्रोमा बम विष्फोट भएको केहि दिनमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले धनगढीमा आयोजित सुदूरपश्चिमको प्रदेशसभा वैठकलाई सम्वोधन गर्दै अब कसैले देशलाई पछाडि धकेल्ने काम गर्न नहुने आग्रह गरे ।

उनले अरुण तेस्रो विष्फोटमा विप्लव नेतृत्वको माओवादीको हात रहेको दावा गर्दै चन्दा संकलन र आतंक सिर्जना गर्ने गलत गतिविधिलाई कुनै पनि हालतमा सहन नसकिने बताएका थिए । उनले प्रदेशसभामा सम्बोधन गर्दै विप्लवलाई संकेत गर्दै भनेका थिए, ‘चन्दा आतंक मच्चाउने र देशमा आतंक मच्चाउने गरी बम विष्फोट गराउनेलाई सरकारले निगरानी गरिरहेको छ ।’

उनले देशमा विदेशी लगानी भित्रिने वातावरण बन्न नदिने र विदेशीसँगको सम्बन्ध बिगार्न खोज्ने गतिविधि सहैय नहुने बताउँदै भनेका थिए, ‘विष्फोट र चन्दा आतंक भइरहे सरकार हेरेर बसिरहँदैन ।’

बिच्केकै हुन विप्लव ?
प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीबाट विप्लव माओवादीलाई आफ्ना गतिविधि सच्याउन चेतावनी दिएको हप्ता दिन पनि हुन नपाउँदै शुक्रबार देशभर बम आतंक सिजर्ना भयो । यसले के विप्लव माओवादी प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट थप बिच्केकै हो त भन्ने सर्वसाधरणमा चासो र जिज्ञांसा उत्पन्न गराएको छ ।

प्रधानमन्त्री ओलीको चेतावनीलाई ‘काउण्टर’ दिनकै लागि एकै दिन बम आतंक मच्चाइएको त होइन भन्ने अहिले धेरैको मनमा प्रश्न उब्जिएको छ । उसो त विप्लव माओवादीले यसअघि पनि एनसेलको करका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको थियो । उसले एनसेललाई कुनै पनि हालतमा कर छुट हुन नहुने अभिव्यक्ति दिंदै आएको थियो ।

कहाँ–कहाँ भयो विष्फोट ? प्रहरीले बढायो सुरक्षा
शुक्रबार बेलुका काठमाडौं उपत्कासहित देशभरका विभिन्न ठाउंमा एनसेलका कार्यालय तथा टावरमा भएका बम विष्फोटपछि नेपाल प्रहरीले सुरक्षा सर्तकता अपनाएको प्रहरीले जनाएको छ ।
शुक्रबार ललितपुरको नख्खु, नवलपरासी, कास्की, कञ्चनपुर, बुटवल, अछाम, कपिलवस्तु, काभ्रे, रौतहटल,गारेखागायतका जिल्लामा एनसेलको टावरमा बम विस्फोट तथा आगजनी भएपछि देशभरि नै सुरक्षा सतर्कता बढाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताएका छन् ।

विप्लव नेतृत्वको पार्टीले औपचारिक रुपमा घटनाको जिम्मा नलिए पनि उसकै संलग्नताको आशंकामा खोजी केन्द्रित गरिएको प्रहरी स्रोतले बताएको छ । ललितपुरको नख्खुमा भएको बम बिष्स्mोटमा एक जनाको मृत्यु तथा दुई जना घाइते, कमलपोखरीमा बम राखिएको तथा देशका अरु क्षेत्रमा पनि एनसेलका टावरमा बम बिस्फोट भएपछि प्रहरीले संलग्नको खोजी तीव्र पारेको हो ।

यसअघिका यस्तै घटनामा उनीहरुकै संलग्ना रहेकाले यसपटक पनि उनीहरुकै सम्भावना बढी रहेको आशंकामा खोजी थालिएको प्रहरीको भनाई छ । ललितपुरस्थित एनसेल मुख्यालय गेटमा भएको विष्फोटमा एनसेलकै कर्मचारी संलग्न भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटना अनुसन्धानका लागि सुरक्षा गार्डसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले एनसेल कर्मचारीले नै कतै विष्फोटमा सहयोग पुर्‍याएका त छैनन ? भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७