‘शान्तिका लागि भेनेजुएलाका सिमानाका बन्द’


११ फाल्गुन २०७५, शनिबार
Diosdado Cabello

सिन्ह्वा

भेनेजुएला, ११ फागुन । भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताएका छन् ।

Diosdado Cabello

देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द गरिएको उनले शुक्रबार जानकारी दिएको समाचारमा जनाइएको छ ।

‘भेनेजुएलामा पूर्ण शान्ति स्थापनाका लागि यस्तो गरिएको हो,’ काबेल्लोले सीमा क्षेत्रको भ्रमणका क्रममा भने।

सरकारी उच्च अधिकारीहरुसँग आफूले देशका धेरै ठाउँहरु भ्रमण गरेको बताउदै उनले भने,’ती ठाउँहरुमा शान्ति छ ।’

‘हाम्रो चासो शान्ति, अहस्तक्षेप, स्वतन्त्र राज्यको सम्मान हो, त्यो अहिले जनताले महसूश गर्न थालेका छन्,’ उनले भने।

भेनेजुएलामा राष्ट्रिय सभाका अध्यक्ष तथा विपक्षी नेता हुँवा गुआइदोले गत जनवरी २३ मा आफैले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संघर्ष चर्किएको छ ।

आन्तरिक विबादलाई लिएर विश्व समुदाय पक्ष विपक्षमा उभिएका छन् । आन्तरिक तथा बैदेशिक सम्वन्धमा समस्या उत्पन्न भएपछि खाद्यान्न, औषधीलगायतको अभाव भएको समाचारहरु आएका छन् ।

भेनेजुएलाका नागरिकलाई खाद्यान्न र औषधीको अभाव भएपछि विभिन्न देशहरुले सहायता सामग्रीहरु पठाउन खोजेकाले त्यसलाई रोक्नका लागि पनि सिमानाकाहरु बन्द गरिएको आरोप पनि लगाउने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७