कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता कृष्णदासको निधन


११ फाल्गुन २०७५, शनिबार
krishna das shrestha
?????????????????????????????????????????????????????????

काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा नेता कृष्णदार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार दिँसो आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

krishna das shrestha

हस्पिटलमा रहेको श्रेष्ठ स्वास्थ्यमा सुधार आएपछि आफ्नो निवासमा फर्किएको पारिवारिक सदस्यले बताए ।

नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता श्रेष्ठ दर्शनको व्याख्याता समेत हुन् । बि.स.१९८८ असोजको नवमीमा काठमाण्डौंको नरदेबीस्थित सामान्य परिवारमा जनमेका कृष्णदास श्रेष्ठ नेपालको कम्युनिस्ट र जनवादी आन्दोलनका परिचित व्यक्ति हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टीमा सङ्गठित भई कम्युनिस्ट आन्दोलनका लागि जीवनका छ दशक भन्दा बढी अवधि सर्वहारा वर्ग,क्रान्ति र मुक्ति आफूलाई समर्पित गरेका छन् । कम्युष्निष्ठ आन्दोलनका श्रेष्ठ पहिलो पुस्ताका नेता हुन् । ने.क.पा.क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष रहेका श्रेष्ठले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।

श्रेष्ठले कार्लमाक्सः व्यक्तित्व र कृतित्व, ऐतिहासिक भौतिकवाद ,अतिरिक्त मूल्यको सिद्धान्त, द्धन्द्धवाद र द्धन्द्धात्मक प्रबर्गहरु ,माक्र्सबाद चिनारी पूस्तकमाला , कम्युनिस्ट घोषणापत्र ः परिचयात्मक र ब्यङगात्मक टिप्पणी , माक्र्सबादी दर्शन जस्ता उनका कृति प्रकाशन भएको छ ।

त्यस्तै कम्युनिस्ट घोषणापत्र, सोभित सङ्घको कम्युनिस्ट पार्टी (बो) को इतिहास, सम्पत्तिको विकास , माओ त्से तुङका चुनिएका रचनाहरू (भाग–१), लेनिनवादका आधारहरू, माक्र्सबाद र जातीय सवाल जस्ता कृतिहरू नेपालीमा अनुवाद गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७