रोहित चन्द पर्सिजामा पुन : अनुबन्धित


११ फाल्गुन २०७५, शनिबार
rohit chand

काठमाडौं,फाल्गुन ११ । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्तामा पुन अनुबन्धित भएका छन् । यसअघि नयाँ सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै क्लबले अर्का खेलाडी लिएपनि क्लबले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।

rohit chand

गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । पर्सिजाले नयाँ सिजनका लागि प्रशिक्षक परिवर्तन गरेसँगै रोहितलाई पनि नयाँ सम्झौता दिएको थिएन । इभान कोलेभले जिम्मेवारी सम्हालेपछि क्लबले ल्याएको उज्बेकिस्तानका मिडफिल्डर जाहोनगिर अब्दुमुमिनोभले अपेक्षित प्रदर्शन गर्न नसकेपछि क्लबले रोहितलाई बोलाउने निर्णय गरेको थियो ।

बिहिबार इन्डोनेसिया प्रस्थान गरेका रोहित शनिबार क्लबमा अनुबन्ध भएको क्लबले जनाएको छ । उनले एक वर्षको लागि सम्झौता गरेका छन् । उनले अब क्लबको कप प्रतियोगिता र एएफसी कपमा खेल्नेछन् । लिग सिजन भने अझै दुई महिनापछि सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७