मोहनले आर्थिक अभाव भएपछि न बाउको क्रिया न आफ्नो उपचार गर्न सके


११ फाल्गुन २०७५, शनिबार
mohan prasad shrestha

अर्घाखाँची, ११ फागुन । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी ४१ बर्षीय मोहन प्रसाद श्रेष्ठ बिगत एघार महिना पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेका थिए ।

हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठ परीवारका कान्छो छोरा समेत रहेका उनको कम्मर देखि तलको भागले काम गर्दैन । स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका हुन् ।
पटक–पटक उपचार गराउदा पनि निको हुन सकेको छैन । उनको कम्मर देखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका छन् । उनलाई आफ्नो मात्र पिडा छैन मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका बुबा ७८ बर्षीय जिबलाल श्रेष्ठको निधन भयो ।

पत्रकारसँग उनले रुदै उनी भन्छन्,‘मलाई छोरो भएर बाच्नुको कुनै अधिकार छैन बाउको काजक्रिया समेत गर्न सकिन्न । नसाथमा पैसा छ, नमर्न सके नबाच्न नैसके ।’

परिवारमा पीडामा फेरी अर्को पीडा थपिएको छ । उनका हात खुट्टा नचल्ने हुन आर्थिक अभावमा उनले आफ्नै बुवाको काजक्रिया गर्न समेत सकिरहेका छैनन् । उनले सहयोगी मनहरुलाई सहयोगको आग्रह गरेका छन । उनलाई ९८५७०६३७६२मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७