आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य : मन्त्री थापा


११ फाल्गुन २०७५, शनिबार
आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य – मन्त्री थापा

काठमाडौं, फागुन ११ । महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको मन्त्रीले बताएकी छिन् ।

आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य – मन्त्री थापा

देश विकासमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकास विस्तारका लागि सहयोग गर्न सरकार सधैं तयार रहेको समेत मन्त्री थापाले बताइन् । राजधानीमा शनिवार नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत रहेका निर्माण व्यवसायी महिला सदस्यहरुको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले निर्माण व्यवसायको विकासका लागि सरकारी प्रतिबद्धता व्यक्त गरिन् ।
वर्तमान संविधानले नै हरेक क्षेत्रमा महिला प्रतिनिधित्व सुनिश्चित गरेको अवस्थामा निर्माण व्यवसाय क्षेत्रमा पनि महिलाको उचित सहभागिता हुनुपर्ने मन्त्री थापाको भनाइ थियो । “निर्माण व्यवसाय क्षेत्रलाई अझ भरपर्दो तथा विश्वासिलो बनाउन तपाईहरु ठोस योजना सहित आउनुहोस्, सरकार सहयोग गर्न तयार छ ” मन्त्री थापाले भनिन । सरकारले हालै घोषणा गरेका कार्यक्रमहरु सबै व्यवसायीको पक्षमा रहेको भन्दै थापाले आफ्नो घोषणा पूरा गर्न सरकार तयार रहेको बताइन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महिला निर्माण व्यवसायीहरुका लागि सरकारले ऋण तथा औजारहरुमा विशेष छुटको घोषणा गर्नुपर्ने बताइन् । महिला निर्माण व्यवसायीहरुलाई सक्षम बनाउने पहिलो दायित्व राज्यकै भएको अध्यक्ष सिंहले बताइन् । निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्कीले व्यवसायी मैत्री ऐन कानूनको अभाव, भुक्तानीको समस्या, चन्दा आतंक लगायतका समस्याले निर्माण व्यवसाय क्षेत्र आक्रान्त रहेको बताउनुभयो । दिनरात नभनी घरवार सम्हाल्दै यस चुनौतीपूर्ण पेशामा लागेका महिला निर्माण व्यवसायीहरु पेशाबाट विस्थापित हुने खतरा सिर्जना भएको काकीको भनाइ थियो ।
महासंघका पूर्व अध्यक्षहरु जयराम लामिछाने तथा यक्षध्वज कार्कीले सरकारी नीति अत्यन्त अव्यवहारिक भएकाले निर्माण व्यवसाय क्षेत्र ठूलो मारमा परेको भनाइ राखे । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सिमित स्रोत साधन तथा अवसरका बाबजुद महिला निर्माण व्यवसायीहरुको भूमिका प्रशंसनीय रहेको बताए । महासंघका महासचिव रोेशन दाहालले महिला निर्माण व्यवसायीलाई अझ व्यवसायीक तथा दक्ष बनाउन वर्तमान कार्य समिति क्रियाशील रहेको बताए ।
महासंघ केन्द्रीय सदस्य मोहनकुमारी कालिकोटेले महासंघका महिलाहरुको प्रतिनिधित्व बढाउन महासंघ नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रममा महासंघका कानूनी सल्लाहकार अधिवक्ता बाबुराम दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसाय र यसमा महिला सहभागिताको विविध पक्षबारे प्रकाश पारे । भेलाको बन्द सत्रमा देशभरबाट आएका महिला निर्माण व्यवसायीहरुले कार्यक्षेत्रमा भोग्नु परेका समस्या बारे महासंघ नेतृत्वको ध्यानाकर्षण गर्दै समस्या समाधानका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा निर्माण व्यवसाय क्षेत्रमा उल्लेख्य योगदान दिने महिला व्यवसायीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सामाजिक उत्तरदायित्व अन्र्तगत भक्तपुर चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई नगद १५ हजार र अन्य अत्यावश्यक जिन्सी सामाग्री प्रदान गरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७