कमल थापाले लेखे यस्तो गीत, सात भाषामा भयो रेकर्ड


१२ फाल्गुन २०७५, आईतवार
kamal thapa 1

काठमाडौं फागुन १२ । कमल थापालाई धेरैले एक राजनीतिकर्मीको रुपमा चिन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा साहित्यमा पनि उतिकै चासो र रुची राख्छन् ।
कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ सार्वजनिक भएको छ ।

kamal thapa 1

राजधानीको हिमालचुली कल्चरल सेन्टरमा शनिबार आयोजित कार्यक्रममा गीत संग्रहको विमोचन गरिएको छ । शीर्ष गीत ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सात भाषामा रेकर्डिङ भएको छ । सातै भाषाका गीतको शनिबार नै विमोचन भएको छ ।

संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको गीतकार कमल थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ ।

कार्यक्रममा बोल्दै गीतकार कमल थापाले विभिन्न सात वटा भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा खुी व्यक्त गरेका । ‘यसबाट सांगीतिक क्षेत्रमा सानो रुपमै भए पनि योगदान पुग्न सके मलाई सन्तोष मिल्छ’, अध्यक्ष थापाले भने ।

उनले नेपाली गीत संगीतको समग्र विकासका लागि आफू सदैव चिन्तित रहेको उल्लेख बताए । राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भुवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बम लोकार्पण भएको छ । सँगै ‘जहाँ छन् बुद्धका आँखा’ लगायत कैयन गीतका गीतकार डा.बमबहादुर थापा जितालीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७