विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा


१२ फाल्गुन २०७५, आईतवार
ivan elDQNINwER

सानफ्रान्सिस्को, १२ फागुन। बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिएको छ ।

ivan elDQNINwER

उनले आफु ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजिनामा दिएको बताएको छ । ‘अमेरिकी सेकुरिटी एण्ड एक्चेन्ज कमिसन’मा रहेको फाइल अनुसार उनको राजीनामा फेब्रुअरीको अन्त्यपछि कायान्वयनमा आउनेछ ।

उनले राजिनामाबारे प्रष्ट पार्दे लेखेको छ, “मेरा लागि १३ बर्षको समय असाधारण रह्यो । म ट्वीटर कम्पनीसँग रहँदाको अवस्थामा कम्पनीले गरेको प्रगतिप्रति गर्व गर्न चाहन्छु साथै मैले अन्य काममा समय दिनु परेकोले यसबाट छुट्टिएको छु ।”

उनि हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृतसमेत रहेको छ । विलियम्सले सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेर भूमिका निर्वाह गरेको थियो ।

विलियम्सले सन् २०११ मा ट्वीटर छोडेको भएपनि अहिलेसम्म कार्यसमितिका सदस्यका हैसियतमा रहेको थियो । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरिसकेको छ ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिँदै ट्वीटर कम्पनीको सुन्दर भविष्यको कामना गरेको छ ।
रासस\एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७