प्रियंका र आयुशमान ‘स्वच्छ वातावरण महाअभियान’को अभियन्ता नियुक्त


१३ फाल्गुन २०७५, सोमबार
prinka and aayusman4728

काठमाडौं, १३ फागुन । नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् ।

वन तथा वातावरण मन्त्रालयको उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।

मन्त्रालयले उनीहरुलाई एक वर्षका लागि अभियान्ताको नियुक्ति दिएको हो । उनीहरुले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ ।

केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए ।

साथै उनीहरुले आफुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७