ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित


१३ फाल्गुन २०७५, सोमबार
Green book8174

काठमाडौं, १३ फाल्गुन । विश्वकै सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड समारोह सुरु भइसकेको छ। ९१औं एकेडेमी अवार्डमा यस वर्ष सर्वोत्कृष्ट चलचित्र अवार्ड ‘ग्रीन बुकले जित्न सफल भएको छ। सर्वोत्कृष्ट चलचित्रको लागि ८ चलचित्र समावेश रहेको थियो।

Green book8174

जसमा ब्ल्याक प्यान्थर, ब्ल्याककेकेक्ल्यान्सम्यान, बोहिमिएन ह्रयापसोडी, द फेबरेट, ग्रीन बुक, रोमा, अ स्टार इज बोर्न र भाइस जस्ता चलचित्रको प्रतिस्पर्धा थियो।

तर ७ चलचित्रलाई पछि पार्दै ग्रीन बुकले यस वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड आफ्नो नाममा पार्न सफल भएको हो।

यस चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते ।

यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो । सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए । अवार्ड पाएपछि उनले आफ्नी आमालाई धन्यवाद दिएका छन् भने दिबंगत बाबुलाई सम्झेका छन् । सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन पनि मनोनयन सुचीमा थिए ।

सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् । उनी पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी थिइन् । उनले चारपटक ब्रिटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन् । यो विधामा यसपाली ‘द वाइफ’ बाट ग्लेन क्लोजलाई प्रमुख दावेदार ठानिएको थियो ।

यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् ।

यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७