सार्वजनिक यातायातकाे भाडा बढ्दै, कति बढ्दैछ भाडा ?


१३ फाल्गुन २०७५, सोमबार
gadi 3

काठमाडौं, १३ फागुन । के तपाई धेरैजसो सार्वजनिक यातायातको साधनमा यात्रा गर्नु हुन्छ ? यदि हो भने अब तपाईले गाडी भाडा सँधैंको भन्दा बढी बोक्नु पर्ने भएको छ । सार्वजनिक सवारी साधनको भाडादर बढ्ने भएको छ ।

gadi 3

असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा बृद्धि गर्न लागेको छ । सम्झौतामा वैज्ञानिक तवरले भाडादर भाडादर कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनमा आधारमा मंसिरमा भाडादर समायोजन हुने उल्लेख गरिएको छ । । सोही आधारमा भाडा बढाउन लागिएको हो ।

यातायात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर असोजमा भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सरकार र यातायात व्यवसायीबीच चार बुँदे सम्झौता भएपछि व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका थिए ।

चाडपर्वको मुखमा धेरै भाडादर बढाउँदा सरकारको आलोचना हुने र गलत सन्देश जाने भन्दै पेट्रोलियम पदार्थलाई मात्रै आधार मानेर भाडादर वृद्धि गर्ने निर्णय भएको थियो । ३ किलोमिटरसम्म ५० रुपैयाँ तोक्दा उपयुक्त हुने निष्कर्ष विभागको छ । तर यसको टुंगो भने छलफलपछि मात्रै लाग्ने छ । कति किलोमिटरसम्मको कति भाडादर निर्धारण गर्ने भन्ने बारे समेत विभागले अध्ययन गरिरहेको छ ।

पछिल्लो समय २०७२ सालमा पेट्रोलियम पदार्थको आधारमा भाडादर समायोज गरिएको थियो । त्यतिवेला पेट्रोलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ र डिजेलको मूल्य ७५ रुपैयाँ प्रतिलिटर रहेको थियो सोहि आधारमा १० प्रतिशत भाडादर बढाइएको हो ।

विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार भाडादर निर्धारण गर्दा पेट्रोलियम पदार्थलाई ३५ प्रतिशत र बाँकी राजश्व वृद्धि, ,मजदुर ज्याला, पाटपुर्जा, महँगीलगायतका १८ वटा सूचीका आधारमा ६५ प्रतिशत मूल्य समायोजन गरिन्छ ।

२०६९ सालदेखि नै ६५ प्रतिशत सूचीका आधारमा भाडादर समायोजन नभएको भन्दै समायोजन गर्न लागिएको हो । ६५ प्रतिशतमा पर्ने सबै सूचीको मूल्यबृद्धि भए पनि भाडादर नबढेको भन्दै यातायात व्यवसायीहरुले सरकारलाई दबाब दिँदै आएका छन् ।

त्यसै गरी सरकारले ट्याक्सीको पनि भाडादर तोक्ने भएको छ । अहि ट्याक्सीको भाडादर तोक्नका लागि गृहकार्य भइरहेको उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार चढ्ने वित्तिकै कति तोक्ने भन्ने निर्णय समेत गर्न लागिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७