अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘डाइङ क्याण्डल’ उत्कृष्ट चलचित्र


१४ फाल्गुन २०७५, मंगलवार
Movie DYING CANDLE

काठमाडौं, १४ फागुन । ‘दोस्रो नेपाल अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव’मा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ ले हात पारेको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न भएको महोत्सवमा ‘डाइङ क्याण्डल’ले उत्कृष्ट कथा चलचित्रको अवार्ड हात पारेको हो ।

नरेशकुमार केसीद्वारा निर्दे्शित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद ५० हजार रुपैयाँ सहित अवार्ड प्रदान गरे ।

यसैगरी निर्देशक केसीले नै उत्कृष्ट कथा निर्देशक समेतको अवार्ड हात पारेका छन् । उत्कृष्ट स्क्रीन चलचित्र अवार्ड शिवम् अधिकारीद्वारा निर्दे्शित ‘पञ्चायत’ चलचित्रले प्राप्त गरेको छ ।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजित महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत शर्ट फिल्म तर्फ भारत र बँगलादेशको संयुक्त सर्ट फिल्म ‘मिन आलाप’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड हात पार्न सफल भयो । भने चलचित्रले पाँचसय अमेरिकी डलरसहित माउण्ट एभरेस्ट अवार्ड अवार्ड प्राप्त ग¥यो । चलचित्रलाई सुवर्ण सन्जुती तुसीले निर्देशन गरेका हुन ।

नेपाली पानोरामा अन्तर्गत नै सेनाङ ग्याम्जो तामाङले निर्देशन गरेको भिक्षु सम्बन्धी निकै रोचक लघु फिल्म ‘सुपरमँक’ले उत्कृष्ट नेपाली शर्ट फिल्मको अवार्ड सहित २५ हजार रुपैयाँ पायो ।

चलचित्र निर्देशक एवम कलाकार नीर शाहको संयोजकत्वमा भारतका चलचित्रकर्मी प्रेमेन्द्र मजुमदार, चीनको बेजिङ्ग फिल्म एकेडेमीका प्रोफेसर ल्याङ्ग स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच लगायत निर्णायक थिए ।

यस्तै महोत्सवमा नयाँ चलचित्र लेखक निर्देशकलाई लक्षित गरेर उत्कष्ट कथा बाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो । ‘स्टोरी पिच’ शिर्षकमा गरिएको यो प्रतियोगितामा काशीनाथ कथाबाट दिवस अम्गाईंले र अर्को कथाबाट सजन लोप्चनलाई अवार्ड प्रदान गरिएको थियो । यी दुबैलाई कार्यक्रममा जनही ४० हजार रुपैयाँ प्रदान गरियो ।

महोत्सव गत बिहीबारबाट काठमाडौंमा सुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७