मध्य मर्स्याङ्दी-दमौली-मर्स्याङ्दी प्रशारण लाइन सञ्चालन, कुलमान घिसिङले भने, ‘अब विद्युत् खेर जाने सम्भावना अन्त्य भयो’


१५ फाल्गुन २०७५, बुधबार
kulman ghishing

दमौली, १५ फागुन । मध्यमस्र्याङ्दी–दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रशारण लाइन सञ्चालनमा आएको छ ।

kulman ghishing

नेपाल विद्युत् प्राधिकरणले २२ किलोमिटर प्रशारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रशारण लाइन सञ्चालनमा आएपछि समग्र प्रशारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए ।

मध्यममर्स्याङ्दी–मर्स्याङ्दी प्रशारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट वर्षामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना रहँदै आएको थियो । अब भने मध्यमर्स्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको उनले बताए ।

‘मर्स्याङ्दी–काठमाडौं र मर्स्याङ्दी–भरतपुर प्रशारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्य
मर्स्याङ्दी , मर्स्याङ्दी सहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था रहेको थियो । उनले भने, ‘अब त्यस्तो समस्या पनि अन्त्य भएको छ । अब ती आयोजनाको विद्युत् दमौली सवस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।’

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करीब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्य मर्स्याङ्दी ७० मेगावाट तथा तल्लो मर्स्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्य मर्स्याङ्दी–मर्स्याङ्दी प्रशारण लाइन हुँदै काठमाडौँ र चितवनको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

मध्यम मर्स्याङ्दी-दमौली– मर्स्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युतलाई पोखरा र भरतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए । उनले दमौली सवस्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमशः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने बताए ।

उनले भने, ‘यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२–३३ केभी सवस्टेसन केही दिनमै सञ्चालनमा ल्याउँदैछाँं ।’ उनका अनुसार मस्र्याङ्दी, दमौली र मध्यमस्र्याङ्दी सवस्टेसनमा वे थपिएको छ भने मध्य मर्स्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७