चीनमा उसुकी करुना महर्जनलाई कांस्य पदक


१७ मंसिर २०७४, आईतवार
karuna maharjan

काठमाडौं : नेपालका करुना महर्जनले उसुको  थाइची छ्वानमा स्पर्धामा कांस्य पदक जितेकी छिन् । ४ औं क्यापिटल इनटरनेशनल युनिर्भसिटी स्टुडेन्ट उसु च्याम्पियसीप प्रतियोगितमा ८.७८ स्कोर गर्दे उनले कास्य जितेकी हुन् । karuna maharjan
राष्ट्रिय टिमको करुना तीन महिना अघिमात्र चाइनामा खेलकुद विज्ञान पढ्ने गएकी हुन् । प्रतियोगितमा रसियका एलिना जेभिन्टासिभाले ९.०३ स्कोर गर्दे स्वर्ण पदक जितिन् । भने मकाउको वाइ पुइ सिले ८.९ स्कोर ल्याउँदै रजत पदक जितिन् ।
चीनमा गएको केही समयमै कास्य जित्दा एकदमै खुसी लागेको बताइन् । जितपछी उनले नयाँ पेजसँग कुरा गर्दे भनिन् , ‘ मलाई एकदमै खुसी लागिराछ । यस अवस्थामा गुरु राजु महर्जन , राजिब महर्जन, मछा रत्न महर्जन, मनमैजु उसु परिवार दाईहरु बिर्रमान वाइबा विश्व बुढा मगर सम्झिरहेकी छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७