इभाको निर्णायक गोलमा रियाल मड्रिडविरुद्ध बार्सिलोनाकाे जीत


१९ फाल्गुन २०७५, आईतवार
qBceV3CdamUkorvDnJZZ

काठमाडौं, १९ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ ।

qBceV3CdamUkorvDnJZZ

स्पेनिस फुटबलका दुई कट्टर प्रतिद्धन्दीबीच गए राति भएको ‘एल क्लासिको’ भिडन्तमा बार्सीलोना १–० ले विजयी भयो । खेलमा बार्सालाई विजयी गराउन इभा राकिटिचले निर्णायक गोल गरे । चार दिनको अन्तरमा बार्सिलोनासँग रियाल मड्रिडको यो दोस्रो हार हो ।

चार दिनअघि भएको ‘कोपा डेल रे’ फुटबलको सेमिफाइनल खेलमा पनि बार्साले रियाललाई हराएको थियो । गए रातिको जितपछि बार्सिलोनाले अंक तालिकामा १० अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको बार्साको २६ खेलबाट ६० अंक छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ५० अंकसहित दोस्रो स्थानमा छ भने ४८ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७