अन्तरिक्षमा पर्यटक लैजाने विमानको गरियो परीक्षण


१९ फाल्गुन २०७५, आईतवार
sky

काठमाडौं, १९ फागुन । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ ।

sky

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् ।

रिप्ले नाम दिइएको मानव आकृतीलाई अन्तरिक्ष यात्रीले लगाउने जस्तो पोशाक लगाइएको छ भने यसमा प्रशस्त सेन्सर जडान गरिएको छ । मानव अन्तरिक्षमा जाँदा उनीहरुले भोग्ने चापलगायत विभिन्न तथ्याङकहरु यी सेन्सरबाट संकलन गर्ने योजना छ ।

अमेरिकाको क्यालिफोर्नीयामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधीमा यो ठूलो सफलता मानिएको छ । पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरिक्षमा लैजाने यो कम्पनी स्थापना गरेका थिए ।

अहिले जसरी काम भए अमेरिकी अन्तरीक्षसम्बन्धी निकायले यो प्रणालीलाई नियमितरुपमा अन्तरीक्षमा मानव पर्यटक लैजान यो बर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ ।
स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरीक्षमा व्यवसायीक रुपमा मानव ग्राहक लैजान पहिलो हुने बताए । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७