प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेर मृत्यु


१९ फाल्गुन २०७५, आईतवार
paraglading

पोखरा, १९ फागुन । पोखराको फेवातालमा खसेर रोमानियाकी एक प्याराग्लाइडरको आज मृत्यु भएको छ ।

paraglading

४२ वर्षीया एडे–सिस जेडिआर नाम गरेकी रोमानियाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिए ।

पोखराको सराङकोटबाट फ्लाइडर गर्न उडेकी उनी आज बिहान ११ बजे फेवातालमा खसेकी थिइन् । उनलाई फेवातालको बाराही घाटमा रहेको मोटरबोटसहितको टोलीले उद्धार गरेको थियो ।

गम्भीर घाइते अवस्थामा उनलाई मेट्रोसिटी अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा ११ः३० बजे मृत्यु भएको बताइएको छ । प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा सिधै तालमा खसेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७