छोराका लागि ल्याएको बुहारीमा ससुराको आँखा लागेपछि…


१९ फाल्गुन २०७५, आईतवार
Love marrige

काठमाडौं, १९ फागुन । कहिलेकाँही ससुराले नै बुहारी लिएर ‘टाप’ कसेको समाचार आउँछन् । छोराका लागि आफैले ल्याई दिएको बुहारी ससुरा आफैले राखे भने के होला । तर, यस्तै भएको छ ।
सुन्दा पनि कस्तो अनौंठो लाग्न सक्छ । तर, घटना सत्य हो ।

Love marrige

तर नेपालको भने होइन । छिमेकी देश भारतको बिहार राज्यमा ससुराले नै यस्तो अनौंठो काम गरेका छन् । जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराइन् । उनीहरुको प्रेम विस्तारैं गाढा बन्दैं जान थाल्यो यहाँसम्म पुग्यो कि उनीहरु अब विवाह गर्न चाहन्थे ।

यो बीचमा यो कुरा केटी पक्षका मानिसहरुलाई पट्टक्कै मन परेन । उनीहरुले यस विवाहलाई पूर्णरुपमा अस्वीकार गरे तर केटा पक्ष भने एकदमैं खुःशी थियो । यो भनिएको छ कि केटाको आमा बितेको लामो समय भयो उनका बुवा लामो समयदेखि एक्लैं बस्दैं आइरहेका थिए, हाम्रो भनाईको मतलब यो हो कि पत्नीको मृत्युपछि पनि उनले लामो समयसम्म अर्को विवाह गरेनन् ।

उनी आफ्नो सन्तानको भविष्य निर्मााणमा जुटेका थिए । प्रेम अन्धो हुन्छ भन्ने सुन्नु भएको मात्रैं होला तर यहाँ त साँच्चैं अन्धो नैं भएर आयो । केटीका घरमा व्यक्तिहरुले विवाह गर्न नमानेपछि केटाकेटीले भागेर अदालत गएर विवाह गर्ने निर्णय गरे । उनीहरु गाउँबाट भाग्न सफल पनि भएका थिए । तर बीच बाटोमा आउँदा नैं समस्या खडा भयो । केटाको विवाह गर्नलाई उमेर पुगेन ।

विवाह गर्न तम्सिएका दुलाह जम्मा १७ वर्षका थिए । १७ वर्षको उमेरमा न नेपालमा विवाह गर्न पाइन्छ न त भारतमा नैं । यो भएपछि उनीहरुको विवाह नहुने पक्का जस्तैं भयो तर, उनीहरुको प्रेम यत्तिसम्म गहिरो भयो कि एक अर्का बिना बाँच्न नसक्ने अवस्था भयो ।

विवाह सार्दा केटीपक्षले अर्कैसँग विवाह गर्ने डर भयो त्यसैंले उनीहरुले अनौठो जुक्ति निकाले । उनीहरुले सोचे विवाह सार्नुभन्दा बरु बाबु (केटाको) सँग विवाह गरौं । त्यसैं मुताबिक विवाह पनि भयो तर केटी पक्षले केटाको परिवारलाई छोरी अपहरणको मुद्धा होलेपछि यो सबै कुराहरु बाहिर आयो । अर्को मुद्धा बन्यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७