एभर्टन र लिभरपूल बराबरीमा रोकिए, लिभरपूललाई उपाधि यात्रामा धक्का


२० फाल्गुन २०७५, सोमबार
oZYrniEtgw4WWLd4ZYHb

काठमाडौं, २० फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपूललाई एभर्टनले गोलरहित बराबरीमा रोकेको छ ।

oZYrniEtgw4WWLd4ZYHb

एभर्टनको मैदानमा गए राति भएको मर्सीसाइड डर्बी बराबरीमा सकिएपछि लिभरपूलको उपाधि यात्रामा धक्का लागेको छ । बराबरीसँगै लिभरपूलले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगका २९ खेलबाट ७१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

७० अंकका साथ लिभरपूल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ । प्रिमियर लिग फुटबलमा गएराती चेल्सीले फुल्हमलाई २–१ ले हराउँदा वाट्फोर्डले लेष्टर सिटीलाई २–१ ले पराजित गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७