सुनको मूल्य घट्यो


२१ फाल्गुन २०७५, मंगलवार

काठमाडौं, फागुन २१ । सुन एक हप्तामा प्रतितोला १८ सय रुपैयाँ घटेको छ। अघिल्ले हप्ता ६२ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

gold 2


केही दिन अगाडि सुनको मूल्य ६३ हजार रुपैयाँ नाघेको थियो। यो मूल्य ६ वर्षयताकै उच्च रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।
उनका अनुसार २०७० साल भदौ १२ गते ६३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। उनले भने, ‘चीन र अमेरिकाबीच चलिरहेको ब्यापारिक युद्धका कारण सुनको मूल्य बढेको हो। अहिले चीन र अमेरिकाकोे सम्बन्धमा सुधार आउने संकेत देखिए पछि यसको असर सुनको मूल्यमा परेको हो।’

यो बिबाद नसुल्झिए सम्म सुनको मूल्य अझै बढ्न सक्ने आशंका गरिएको थियो। तर बिबाद टुङ्गिने संकेत देखिएपछि सुनको मूल्य ओरालो लागेको हो। बिबाद टुङ्गिए मूल्य अझ घट्नसक्ने साक्यको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७