‘समाजवादलाई भोट, दलाल पुँजीवादलाई चोट’


१८ मंसिर २०७४, सोमबार
bipi bhattrai

bipi bhattrai

पैसाले जनमत तलमाथि जब पर्छ त्यहाँ लोकतन्त्रको कुनै मर्म जीवित रहँदैन् । दोस्रो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेश सभाको मौन अवधि सुरु हुन लागे छ । तर यस अवधिलाई मौन अवधि हैन अब मनि अवधि सुरु भएको भन्ने आम जनताको बुझाइ छ । पुँजीवादी व्यवस्थाले हरेक चिजलाई खरिद बिक्रीको माल देख्छ । हरेक कुरा खरिदबिक्री गर्न खोज्छ । हाम्रो जस्तो दलाल पुँजीवादी अर्थव्यवस्था भएको देशमा, अनुत्पादक पुँजीबजारमा अपारदर्शी र अकुत धन आर्जनको लागि सुरक्षित स्थान राजनीति बनेको छ ।
निर्वाचनमा त्यही धनको सदुपयोग र राजनीतिक आवरणमा धनको सङ्कलन गर्नेहरुको बिगबिगी छ । जब राजनीतिकर्मीहरु पैसाको बलमा चुनाव जित्ने काममा लाग्छन् त्यँहा राजनीतिको केन्द्रीय तत्त्व ‘जनताको सेवा’ विघटन हुन्छ । राजनीति सिर्फ व्यापार बन्छ । निर्वाचन त्यस्तो व्यापारको लाभ हानी छिनोफानो गर्ने हाटबजारमा परिणत हुन्छ । यसले राजनीतिमा लागेका केही मानिसलाई राम्रो रोजगार दिन्छ । यत्रतत्र देखिँदैछ नमुना मतपत्र छपाइदेखि झन्डा निर्माणसम्म आम्दानीका श्रोत बन्छन् । यस्ता छोटे कमिसनको व्यापारले छोटे कार्यकर्ता पोसिन्छ्न ।
नीतिगत भ्रष्टचार र ठुला आम्दानीका श्रोतमा भने निर्वाचन लड्ने उम्मेदवार स्वयम् लाग्छन् । यसरी दलालीतन्त्रको सानोदेखि ठुलो तस्करीसम्मको हिस्सा राजनीतिको प्राथमिक चासो बन्छ । अहिले हेरौं त्यही बनिरहेको छ । यसरी राजनीति व्यापार बन्न थलेपछी त्यसले जनताका समस्या बाट अलग हुन्छ ।
तसर्थ यस्तो खर्चिलो निर्वाचन प्रणालीकै विकल्प सोच्नुपर्ने भएको छ । यसको दुई विकल्प छन् । निर्वाचन प्रणाली बदल्ने या यही प्रणालीमा जनतालाई भेडाबाख्रा ठानेर उनीहरूको मत किन्न सकिन्छ भन्ने मतदाता सचेत भई निर्वाचन हराइदिने । अर्थात् जनताले खर्चिला उम्मेदवार बहिस्कार गर्ने । जब राजनीतिक नेतृत्वले जनतामा भन्दा ज्यादा व्यापारीको अवैध हितलाई प्राथमिकतामा राख्छ र आम जनताको जो उपभोक्ता हो तिनको दैनिक जीवनमा सिदासिदी असर पर्छ । यसको असर जन्ताको आम्दानी घट्छ । यस्तै रोजगारीको अवसर घट्छ, शिक्षा स्वास्थ्य यातायात महङो हुन्छ र समग्र खर्चमा अत्याधिक वृद्धि हुन्छ ।

निर्वाचनमा केही सय केही हजार र कसैलाई केही लाखमा किन्छ र त्यो सबै खर्च खर्च गर्ने उम्मेदवार, जुटाइदिने व्यापारी वा कुनै नियोगले करोडमा अरबमा असुल गर्छ । त्यो पनि तिनै जनताबाट । तसर्थ सचेत समाजवादी आन्दोलन आजको आवश्यकता हो । समाजवादी यात्रा यी समस्याको मुक्तिको बाटो हो । त्यसका लागि वामपन्थी सरकारको निर्माण पहिलो सर्त हो । तर यतिले मात्र पुग्दैन स्वयम् वामपन्थी भनिएका दलमा पनि बामपन्थ हस्तक्षेप आवश्यक छ । दलाल पुँजीवादको रंगिन आकर्षणले वामपन्थी राजनीतिलाई पनि गिजोलेको छ । कति त्यसमै रुमल्लिएका छन् । तसर्थ वामपन्थी सरकार बनाउँदै गर्दा वामपन्थी दललाई दलालीतन्त्रको, सिन्डिकेट र कार्टे्ल्लिङको यो विनाशकारी पन्जाबाट मुक्त गराउने ल्याकत भएकाहरुलाई राजकीय जिम्मेवारीमा जिताउनु पर्नेछ ।
झापा एकलाई यसपालि वामपन्थको पक्षमा गतिलो उम्मेदवार, मार्क्सवादी अध्येता कमरेड राम कार्कीलाई निर्वाचित गर्ने अवसर प्राप्त छ । देशकै सचेत मानिसहरूको बसोबास रहेको मानिने यो भूमिबाट मादलदेखि लिएर रक्सी मासु र चामल, नगद र झुटको पुलिन्दा बाँडीरहेका नव उदारवादका उत्कृष्ट नमुना छनौट हुने सम्भावना छैन । किनकि यो झापा नै यस्तो भूमि हो जहाँ समाजवादी सपना सन्निकट गर्न ज्यान फ्याल्न मानिसहरू पचास वर्षबाट तयार छन् । मृत्युको कठोर धम्कीले पनि झापालीलाई समाजवादी सपनाबाट भाग्ने बनाएन । झापा क्षेत्र नम्बर १ ले समाजवादी नेपालका लागि भोट दिँदैछ । भ्रष्ट बुर्जुवाकरण र दलाल पुँजीको असली प्रतिनिधि नेपाली काँग्रेसलाई चोट दिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७